चिनारी
उद्देश्य
गतिविधि
कार्यक्षेत्र
नियम/नियमावली
संस्थागत संरचना
को, कहाँ
प्रकाशनहरू
एजेन्टहरू
गरिमा
पाठ्यपुस्तक

२०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट गरिमा नियमित रूपमा प्रकाशित भइरहेको छ ।
गरिमामा विविध विधाका स्तरीय साहित्य र संस्कृति, कला, ज्ञानविज्ञान, इतिहास र अन्य विषयका विविध रोचक लेखहरू छापिन्छन् । साथै शब्दज्ञान, विचारदीप, मनोविज्ञान, रोचक पृष्ठ, विश्वसाहित्य, सम्प्रेषण आदि विविध स्तम्भहरू यसमा भएकाले तपाईंको धीत मर्दछ।
तपाईं आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको माया गर्नुहुन्छ, त्यसैले 'गरिमा' पढ्नुहोस् र यसलाई अझ रोचक, स्तरीय र आकर्ष कसरी बनाउन सकिन्छ हामीलाई सुझाव दिनुहोस् ।
आफ्नो भाषा र साहित्यको माया गर्न नबिर्सनुहोस् ।
गरिमा प्रत्येक महिनाको पहिलो हप्तामा छापिन्छ ।
गरिमा एक प्रतिको मूल्य रु. २५।- र वाषिर्क ग्राहक रु. २५०।- ।
एकै पटक चारवर्षे ग्राहकलाई कुल रकमको २५% छुट दिइनेछ ।
गरिमामा आफ्नो व्यापार-व्यवसायको विज्ञापन प्रकाशित गरी फाइदा उठाउनु पनि नेपाली साहित्यको सेवा गर्नु हो ।
प्रत्येक वर्षगरिमामा छापिएका लेख-रचनाहरूमध्ये उत्कृष्ट गद्य र पद्य एक/एक रचनालाई रु. पाँच/पाँच हजारको गरिमा सम्मान पुरस्कार प्रदान गरिनेछ ।

हाम्रो ठेगाना
सम्पादक गरिमा
साझा प्रकाशन
केन्द्रीय कार्यालय
पुलचोक, ललितपुर, नेपाल
फोन ५५२१११८, ५५२२१३२, ५५२१०२३, ५५४७६५२
फ्याक्स ५-५४४२३६, पो‌ ब २०२५९ काठमाडौँ

email: sajhap@wlink.com.np

Having Font Problem (Click Here)
अक्षर नमिलेमा SajhaPub र Himchuli Font प्राप्त गर्नुहोस
सूचनाहरू
नयाँ प्रकाशन